टोयोटा महिला मोटर र्‍यालीको घोषणा, पहिलो हुनेले ५० हजार पाउने

  २०८० फागुन २८ गते १४:११     विकासन्युज

काठमाडौं ।  युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा महिला र्‍याली’ निकाल्ने घोषणा गरेको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते र्‍याली निकाल्ने घोषणा गरेको हो ।

महिला र्‍यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । टोयोटाले सन् २००४ देखि नै यस प्रकारको महिला र्‍याली आयोजना गर्दै आएको थियो । त्यसैको निरन्तरताको रुपमा यो र्‍याली आयोजना गर्न लागिएको हो ।

कम्पनीका अनुसार सो र्‍यालीमा विजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । आगामी मार्च १० बाट यसका लागि रजिष्ट्रेसन खुला हुनेछ। यालीमा सहभागी हुन ३ हजार रुपैयाँ बुझाउनु पर्छ । दर्ताको मिति फागुन ३० गतेदेखि चैत २८ गतेसम्म तोकिएको छ।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्‍यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरुलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.