दोस्रो बजारमा सूचिकृत नभएका कम्पनीले पनि एनआईसी क्यापिटलबाट शेयर रजिष्ट्रारको सेवा लिन सक्ने

  २०८० फागुन ४ गते १६:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपिओ सेवा अन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचिकृत नभएका कम्पनीहरुले पनि सेयर रजिष्ट्रारको सेवा लिन सक्ने भएका छन् । एनआईसी एशिया क्यापिटलले नेपालमै पहिलो पटक मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित आइडिया टु आइपिओ सेवामार्फत सो सेवा लिन सक्ने जनाइएको हो ।

सो सेवा अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडिएसनदेखि कम्पनी स्थापना, कम्पनीको विस्तार हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको श्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । कम्पनीले दोस्रो बजारमा सूचिकरण नभएका पब्लिक कम्पनी तथा प्राइभेट कम्पनीहरुलाई समेत शेयर रजिष्ट्रार अन्तर्गतका विभिन्न सेवा उपलब्ध गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.