५ बीमा कम्पनीको बोनस दर सार्वजनिक, आइएमई लाइफको अधिकतम ८० रूपैयाँ

  २०८० माघ १७ गते १०:५२     विकासन्युज

काठमाडौं । हालसम्म विभिन्न ५ जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को लागि बोनस दर सार्वजनिक गरेका छन् । एशियन लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ, अमेरिकन मेट लाइफ, रिलायबल नेपाल लाइफले गत वर्षको लागि बोनस दर सार्वजनिक गरेका हुन् । गत आर्थिक वर्षको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कनका आधारमा कम्पनीहरूले बोनस दर निर्धारण गरेका हुन् ।

एशियन लाइफले न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, रिलायबल नेपाल लाइफले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, सिटिजन लाइफले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँ, मेट लाइफले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ, आइएमई लाइफले न्यूनतम २२ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर तोकेका छन् ।

एशियन लाइफ इन्स्योरेन्स

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये शून्यदेखि १४ वर्ष अवधिको ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ६४ रुपैयाँ र २५ वर्षदेखि माथिको ७५ रुपैयाँ बोनस तोकेको छ ।

सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको ६५ रुपैयाँ निर्धारण गरेको छ । बालबालिकाको सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वर्षदेखि माथिको ६० रुपैयाँ बोनस तोकेको कम्पनीले जनाएको छ ।

सामूहि सावधिक, नवरत्न, जीवन संजीवन, दम्पत्ति सरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा, भविष्य निधि बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ५० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको ५० रुपैयाँ, १२ वर्ष अवधिको ५० रुपैयाँ, १५ वर्ष अवधिको ६० रुपैयाँ, १८ वर्षको ६५ रुपैयाँ, २० वर्षको ७० रुपैयाँ र २५ वर्षको ७० रुपैयाँ बोनस दर तोकेको हो ।

आइएमई लाइफ इन्स्योरेन्स

कम्पनीले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७० रुपैयाँ बोनस दर प्रदान गर्नेछ ।

सावधिक तथा सामुहीक जीवन बीमालेखमा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६५ रुपैया, वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)मा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

कम्पनीले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमा लेखमा ० देखि ९ वर्ष अवधिको २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० वर्षभन्दा माथिको २८ रुपैयाँ बोनस दर तोकेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षमाथिको ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख)मा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ बोनसदर निर्धारण गरेको कम्पनीको भनाइ छ ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना)मा ० देखि ९ वर्ष अवधिको ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६२ रुपैयाँ र ३० वर्षमाथिको ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अमेरिकन मेट लाइफ इन्स्योरेन्स

कम्पनीले शिक्षा संरक्षण बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वर्षभन्दा माथिको ८० रुपैयाँ, सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको अवधिको ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको ६५ रुपैयाँ बोनस दर कायम गरेको कम्पनीको भनाइ छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथिको ७० रुपैयाँ, लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा ३० रुपैयाँ, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनाको सबै बीमा अवधिमा २५ रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।

रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्ष अवधिको २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ र २० वर्षभन्दा माथिको ४० रुपैयाँ बोनस दिने कम्पनीले बताएको छ ।

रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा ५ देखि १४ वर्ष अवधिको ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षभन्दा माथिको ५० रुपैयाँ बोनस दिने भएको हो ।

रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमा अवधिमा प्रतिहजार २० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १०, १२ र १४ वर्ष अवधिको ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिको ५५ रुपैयाँ बोनस दर निर्धारण गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.