बालेनले भने : नारायणहिटी दरबार परिसरको पर्खाल छिटो भत्काउनु

  २०८० माघ १० गते १६:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउनका लागि तोकेता गरेको छ । महानगरले बुधबार एक पत्र जारी गर्दै नेपाल ट्रष्टको कार्यालयलाई पर्खाल भत्काउनका लागि पुनः ताकेता गरेको हो ।

निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नु पर्ने व्यवस्था रहेकाले महानगरले उक्त संग्राहालय परिसरको पर्खाल भत्काउनका ताकेता गरेको छ ।

पत्रमा ‘काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नु हुन आग्रह गर्दछौँ,’ महानगरपालिको जारी पत्रमा उल्लेख छ ।

यसअघि महानगरपालिकाले पुस १३ गते पत्रद्वारा पर्खालको पुर्नसंरचना गर्न अनुरोध गरेको थियो । तर, सो कार्य हालसम्म गरेको नदेखिएकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः ताकेता पत्र लेखिएको महानगरका सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले जानकारी दिइन् । हाल महानगरको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.