कुनै दिन बस चढ्ने पैसा नभएका अमित बने ३२ अर्बको कम्पनीका मालिक

  २०८० माघ ६ गते १८:०५     विकासन्युज

काठमाडौं । धेरै मानिस असफलताको डरले नयाँ काम सुरु गर्दैनन् । कतिपय मानिस यस्ता हुन्छन् जो धेरैपटक असफल भएर पनि हार मान्दैनन् र सफलता नपाउन्जेल प्रयासरत रहन्छन् ।

यस्तै एक व्यवसायी अमित कुमात हुन्, स्न्याक्स उत्पादन गर्ने कम्पनी प्रताप स्न्याक्सका मालिक।

जोसँग कुनै दिन १८ करोड रुपैयाँ ऋण थियो र बसमा यात्रा गर्ने पैसासमेत थिएन । यस्तो अवस्थामा पनि उनले हार मानेनन् र आज उनी ३२ अर्बको कम्पनीका मालिक छन् ।

प्रताप स्न्याक्सले चिप्स, नमकिनजस्ता खाजाहरू बनाउँछ । यसको प्रबन्ध निर्देशक (एमडी) र प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित हुन् । अर्को विशाल कम्पनी हल्दिरामले पनि उनको कम्पनीको अधिकांश सेयर किन्न इच्छा देखाएको छ ।

इन्दोरको व्यापारिक परिवारमा जन्मेका अमित सन् १९९० को दशकमा अध्ययनका लागि अमेरिका गएका थिए । उनको दाल र भातसँग पापड खाने बानी थियो । तर, अमेरिकामा पापड नपाएपछि उनले चिप्स खान थाले । उनलाई चिप्स बनाउने आइडिया त्यहाँबाट नै फुरेको हो ।

पढाइ सकेर केही नयाँ र फरक गर्ने लक्ष्य लिएर उनी भारत फर्किए । सुरुमा अमितले जागिर खोजे, पाएनन् । जागिर नपाएपछि उनी बुबाको कपडाको व्यवसायमा लागे । जब उनको बुबाको व्यापार राम्रो हुन थाल्यो, उनले अर्को काम सुरु गर्ने योजना बनाए । सन् १९९६ देखि १९९९ सम्म उनले केमिकल डाई र एसएपी प्रशिक्षण संस्थान सुरु गरे।

अमितको सबै व्यवसाय राम्रै चल्न थाले पनि केही व्यवसाय घाटामा जान थाल्यो । व्यवसाय सञ्चालन गर्न उनले ऋण लिएका थिए ।

क्रमशः कर्जाको रकम १८ करोडभन्दा बढी पुग्यो । एक समय उनीसँग बसमा यात्रा गर्ने पैसासमेत नभएकाे अमित बताउँछन् ।

कमजोर आर्थिक अवस्थाका कारण अमितले आफ्नो जेठो भाइ अपूर्व र साथी अरविन्द मेहतालाई आफ्नो स्न्याक्स बिजनेस आइडियामा लगानी गर्न राजी गरे ।

अरविन्द घरजग्गा कारोबार गर्थे र अमितको पार्टनर बन्न राजी भए । तीनै जना मिलेर सुरुमा चिजबल बनाएर इन्दोर र अन्य सहरमा बेच्न थाले ।

त्यसपछि तीनैजनाले इन्दोरमा चिप्स बनाउनका लागि ठूलो इकाइ स्थापना गरे र ठूलो मात्रामा चिप्स बनाउन थाले । छोटो समयमा उनीहरूले फ्रिटो लेजसँग प्रतिस्पर्धा गर्न थाले । कुरकुरेसँग प्रतिस्पर्धा गर्न उनको कम्पनीले बबली बनाउन र बेच्न थाल्यो ।

ग्लोबल भेन्चर कम्पनी सेकोइया क्यापिटलले कम्पनीमा लगानी गर्न हात बढाएको छ । तर, तीनै साझेदारले उनलाई तीन महिना पर्खन भने । १८ महिनापछि सेकोइया क्यापिटलले उनको कम्पनीमा ३ करोड लगानी गर्यो ।

त्यसपछि कम्पनीले पोटेटो रिंग्स, चिप्स र धेरै प्रकारका खाजा बेच्न थाल्यो । आज यो कम्पनीको मूल्य ३२ अर्ब ७२ करोड २२ लाख रुपैयाँबराबर छ । जसले आफ्नो उत्पादन स्वदेश तथा विदेशमा बिक्री गर्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.