एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल

  २०८० माघ ३ गते १३:०१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । माघ २ गते बसेको सञ्चालक समितिले सञ्चालक पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यसअघि संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी थिए । उनले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो । राठी एनआईसी एशिया बैंकबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनानन्सिङमा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ ।

साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.