महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल

  २०८० पुष २९ गते १२:३४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी दिपेश लम्सालले पाएका छन् । बैंक सञ्चालक समितिको पुस २८ गते बसेको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत लम्साललाई माघ १ गतेदेखि कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

साथै, सञ्चालक समितिले बैंकका सीईओ बोधराज देवकोटाले दिएको राजीनामा स्वीकृत गरेको छ । अर्काे व्यवस्था नभएसम्मका लागि कामु सीईओ जिम्मेवारी लम्साललाई दिइएको कम्पनी सचिव सोमराज पन्तले जानकारी दिए ।

लम्सालसँग बैंकिङ क्षेत्रको २४ वर्षभन्दा बढी अनुवभ छ । नबिल बैंकमा ८ वर्ष र कुमारी बैंकमा ४ वर्ष काम गरेका उनी महालक्ष्मी बैंकमा भने विगत १२ वर्षदेखि आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.