४० % लाभांश पारित गर्न नेपाल टेलिकमले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

  २०८० पुष ८ गते ७:१९     विकासन्युज

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न नेपाल टेलिकमले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले १६औं वार्षिक साधारणसभा पुस २९ गते राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हहाल कायम चुक्ता पुँजीको सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । यस्तै, सर्वसाधारण समूहको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्मसेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.