नेपाली सेनाले माग्यो प्राविधिक तथा हवाईतर्फ १२५ जना कर्मचारी

  २०८० मंसिर २९ गते ७:२८     विकासन्युज

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सेनाले शुक्रबार सूचना प्रकाशन गर्दै प्राविधिक, हवाई लगायत विविध पदमा रिक्त १२५ जना कर्मचारी मागेको हो ।

सेनाले नर्सिङतर्फ १८ जना, मेडिकलतर्फ ३२ जना, मर्मततर्फ १२ जना, सैनिक ब्याण्डतर्फ १४ जना, कर्मचारीतर्फ ४२ जना लगायत विभिन्न सेवाका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

इच्छुक तथा योग्यता पुगेकाहरूले नेपाली सेनाको केन्द्रिय भर्ना छनौट केन्द्र स्वयम्भूमा पुस २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.