सामाजिक सुरक्षा कोषको सञ्चालकमा भण्डारी नियुक्त

  २०८० मंसिर २७ गते १३:४६     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा बैंकर राजनसिंह भण्डारी नियुक्त भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भण्डारीलाई मंसिर पहिलो सातानै उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक भण्डारीसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी केही समयअघि मात्रै सिटिजन्स बैंक इन्टरनेशनलको अध्यक्षबाट बाहिरिएका हुन् । सिटिजन्स बैंकको स्थापना भएदेखि सीईओ पदमा रहेका उनी बैंकर्स संघको अध्यक्ष समेत भएका छन् । साथै, भण्डारी नेपाल राष्ट बैंकका पूर्वकर्मचारी समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.