प्रभु महालक्ष्मी लाइफको लक इनमा रहेको सेयर खुला हुने

  २०८० मंसिर २७ गते ८:०९     विकासन्युज

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लक इनमा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको लक इनमा रहेको सेयर पुस ९ गतेदेखि खुला हुने भएको हो ।

इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ताको लक इनको समय समाप्त हुने भएकाले सेयर खुला हुने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डको गत मंसिर २५ गतेको निर्देशन बमोजिम कम्पनीले संस्थापक तथा सर्वसाधारण (कर्मचारी)को स्वामित्वमा रहेको सेयरको लक इन खुला बारे जानकारी गराएको हो ।

कम्पनीका अनुसार ३ करोड ६३ लाख ७२ हजार कित्ता सेयर संस्थापक र ३ लाख २८ हजार ९९८ कित्ता सेयर सर्वसाधारण समूहको लक इनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.