एक महिनामै ३९ प्रतिशतले घट्यो बीमा पोलिसी त्याग्नेको संख्या

  २०८० मंसिर २६ गते १३:१२     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी त्याग्नेको संख्या घट्दो क्रममा छ । गत असोजको तुलनामा कार्त्तिकमा बीमा पोलिसी त्याग्नेको संख्या करिब ४ हजारले घटेको छ ।

नेपाल बीमा प्राधिकरणको अनुसार असोजमा बीमा पोलिसीको संख्या र रकम दुबै घटेको छ । कार्त्तिकमा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका छन् । जबकी गत असोज एक महिनामा मात्रै ९ हजार ९३६ जनाले एक अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको थियो । प्रतिशतको आधारमा हेर्ने हो भने पोलिसी त्याग्ने बीमितिको संख्या ३८.७० प्रतिशत र बीमालेख रकम ३२.७९ प्रतिशतले घटेको छ ।

सञ्चालनमा रहेका १४ कम्पनीमध्ये नेपाल लाइफको सर्वाधिक रकमको बीमापोलिसी सरेन्डर भएका छन् भने सबैभन्दा कम रिलायबल नेपाल लाइफको छ । नेपाल लाइफको २६ करोड ४३ लाख र रिलायबल नेपाल लाइफको ४० लाख ८७ हजार रुपैयाँ बराबरको सरेन्डर भएका छन् ।

प्रतिशतको आधारमा आइएमई लाइफको सबैभन्दा बढी घटेको छ । कम्पनीमा बीमा पोलिसी सरेन्डर रकम एक महिनामै ६८.११ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा एशियन लाइफको मात्रै सरेन्डरदर बढेको छ । इन्स्योरेन्सले एक महिनामा ८७ लाख २३ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर बढेको हो । संख्या पनि ३०.२१ प्रतिशतले बढेर ९८७ पुगेको छ ।

कुन कम्पनीको कतिले घट्यो ? 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.