पुँजीगत लाभकर ४६ प्रतिशतले घट्यो, संस्थागतभन्दा व्यक्तिको हिस्सा बढी

  २०८० मंसिर १० गते ११:४२     विकासन्युज

काठमाडौं । सरकारले संकलन गर्ने पुँजीगत करमा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा पुँजीगत लाभकर ४६ प्रतिशतले घटेको हो ।

आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ३० अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएकोमा आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब ५७ करोड ५ लाख रुपैयाँमात्रै संकलन छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.९८ प्रतिशत कम हो ।

यस्तै, गत आर्थिक वर्ष अर्थात् आर्थिक वर्ष २०७९/८० मा व्यक्तिगततर्फ १५ अर्ब ४६ करोड ६९ लाख रुपैयाँ र संस्थागततर्फ १ अर्ब १० करोड ३५ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा व्यक्तिगततर्फ २८ अर्ब ७४ करोड २७ लाख र संस्थागततर्फ १ अर्ब ९३ करोड ५५ लाख रुपैयाँ संकलन भएको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगततर्फ २८ अर्ब ६० करोड ५४ लाख र व्यक्तिगततर्फ ७० करोड ५४ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको विभागको भनाइ छ ।

आर्थिक वर्ष २०७/७६ मा ११ अर्ब ५३ करोड ६६ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा ३२ अर्ब ५२ करोड ८० लाख रुपैयाँ रहेको छ । यस्तै, आर्थिक वर्ष २०७७/७८ मा घटेर २९ अर्ब ३१ करोड ९ लाख रुपैयाँ कायम भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा व्यक्तिगततर्फ १० अर्ब १२ करोड ९३ लाख र संस्थागततर्फ १ अर्ब ४० करोड ७२ लाख, आर्थिक वर्ष २०७६/७७ अमा व्यक्तिगततर्फ ८ अर्ब ८४ करोड ११ लाख र संस्थागततर्फ २३ अर्ब ६८ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो ।

विभागका अनुसार गत आर्थिक वर्षमा यति धेरै गिरावट आउनुमा रूस, युक्रेन, युद्ध, तरलताको संकटका कारण लगानीयोग्य पुँजीको अभाव तथा विदेशी विनिमय सञ्चितिमा संकुचनलाई अस्थायी रूपमा सम्बोधन गर्न सरकारले अपनाएका आयात नियन्त्रणका नीतिगत औजार मुख्य जिम्मेवार रहेको हो ।

आम्दानीका सबै सबै स्रोतहरूलाई आयकरको दायरामा ल्याई करको आधारमा विस्तार गर्नका लागि सरकारले २०५८ सालदेखि पुँजीगत लाभकर लगाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.