यससँगै रोजगारीका क्रममा आर्जन गरेको पुँजी, ज्ञान, सीप र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा वृद्धि गर्न प्राविधिक र व्यवस्थापकीयरूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यममूलक कार्यक्रम सञ्चालनको व्यवस्था गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए ।
गत आवमा नगरपालिकामा विदेशबाट फर्केका ९० जनाको विवरण सङ्कलन गरिएको थियो । जसमा भारत, मलेसिया, साउदी अरब, ओमान, बहराइन, कतार, दुबई, युएई, रोमानियालगायतका देशबाट फर्केका व्यक्ति रहेका थिए । विवरणमा समेटिएका व्यक्तिले गार्मेन्ट, कृषि, सवारी चालक, सरसफाइ, डिजिटल मार्केटिङ, रेष्टुरेन्ट अपरेटर, डकर्मी, सिलाइकटाइ, फर्निचर मेकर, स्काफ फोल्डिङ, पेन्टिङ, प्लम्बिङ, मार्बल, फुड प्याकेजिङ, पिओपी, सेफ, पशुपालनसम्बन्धी तालिमको माग गरेका थिए ।
तथ्याङ्क सङ्कलन गरिएकामध्ये २० जनालाई सीपमूलक सिलाइकटाइ तालिम दिई व्यवसाय उन्मुख गराइएको प्रमुख प्रशासकीय अधिकृत भट्टको भनाइ छ । चालु आवमा पनि मागका आधारमा सीपमूलक तालिम सञ्चालन गरिने उनको भनाइ छ । रासस