श्वेत-गंगा हाइड्रोले डाक्यो वार्षिक साधारणसभा, के-के छन् एजेण्डा ?

  २०८० मंसिर ५ गते ८:०५     विकासन्युज

काठमाडौं । श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २६ गते काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको सातौं वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

यस्तै, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति बदर गर्नेछ ।

वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै बैंकको साधारणसभामा सहभागी हुन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.