श्रममन्त्री डीपी अर्यालसँग १० तोला हिरा, १.२५ करोडको गाडी, बैंकमा लगानी

  २०८१ जेठ ८ गते १६:२४     विकासन्युज

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद (डीपी) अर्यालसँग १५० तोला सुन रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनीसँग १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । मन्त्री अर्यालले उल्लेख गरे अनुसार सुनचाँदी र हिराको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको रहेको छ ।

मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा ३ करोडको घर रहेको छ । यस्तै, मन्त्री अर्याल र श्रीमती अम्बिका केसीको नाममा १२ स्थानमा जग्गा रहेको छ ।

अर्यालकी श्रीमती केसीको नाममा काठमाडौं र धादिङमा गरेर ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरि ६ स्थानमा सम्पत्ति रहेको छ । यी सबै जग्गा ५ करोड २८ लाखमा खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।

श्रममन्त्री अर्यालको र श्रीमतीको नाममा गरेर विभिन्न बैंकमा २ करोड १८ लाख नगद मौजदात भएको उल्लेख छ ।

मन्त्री अर्यालसँग विभिन्न ६ वटा संस्थाको सेयर रहेको छ । साविक मेगा बैंक (हाल नेपाल इन्भेष्टमेन्ट मेगा) मा १० हजार कित्ता, विग इन्भेस्टमेन्टमा ३५ हजार कित्ता, पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता, जनसागर सहकारीमा १० हजार कित्ता, सुवर्णभूमि सहकारीमा १ हजार कित्ता र संयम सहकारीमा २ हजार गरि कुल ६७ हजार कित्ता सेयर स्वामित्व रहेको छ ।

जनसागर सहकारीबाट २ करोड रुपैयाँ, रेशम केसी र सुशिल प्रधानाङ्गबाट ५० लाख रुपैयाँ गरी २ करोड ५० लाख ऋण लिएकोमा १ लाख ५० तिरेको उल्लेख छ ।

अर्यालको नाममा १ करोड २५ लाखमा खरिद गरेको टोयोटा प्राडो कार र उनकी श्रीमतीका नाममा ४३ लाखमा खरिद गरेको टाटा नेक्सन इभी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.