केबुलकारलाई ट्रान्सपोटेसनको रूपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ

  २०८० मंसिर ३ गते १२:४१     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताएका हुन् । नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको जानकारी दिए । केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए ।

‘धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भुमिका हुनेछ । यसले विद्युत खपतका साथै इकोनोमिमा राम्रो गर्छ । लुम्बिनी केबल कार महत्वपूर्ण छ’, उनले भने ।

त्यस्तै लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे ।

‘यात्रुहरुको भीड छ । दशैँ तिहारको अफर र छुट्टिको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ’, उनले भने ।

उनले लुम्बिनी केबुलकारको टिकट महंगो नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.