मेरिनाले गर्यो क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर

  २०८० कार्तिक १६ गते १७:१९     विकासन्युज

काठमाडौं । मेरिना इम्मेक्सले राष्ट्रिय क्रिकेट खेलाडी र क्यानको पदाधिकारीलाई सुट स्पोन्सर गरेकाे छ । यस विषयमा विहीबार क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र मेरिना इम्पेक्सबीच एक सम्झौता भएको छ ।

सम्झौताअनुसार बागबजारस्थित सर्टिङ तथा सुटिङ कम्पनी मेरिना इम्पेक्सले नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यान सञ्चालक समितिलाई ४० थान सुट उपलब्ध गराउने छ । राम्रो गुणस्तरका ४० थान सुटको डिजाइन दुवै संस्थाले अनुमोदन गरिसकेका छन् ।

यस सम्बन्धि सम्झौतापत्रमा क्यानका तर्फबाट कोषाध्यक्ष पदमबहादुर खड्का र मेरिना इम्पेक्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन खड्काले हस्ताक्षर गरेका छन् ।

मेरिना इपेक्सका सञ्चालक अर्जुन बस्नेतले विश्व कप छनाैट खेल खेलिरहेका खेलाडीहरुको मनोबल बढाउनका लागि राम्रो र गुणस्तरको सुट प्रदान गर्न लागेकाे जानकारी दिए ।

‘हाम्रो क्रिकेट टोली विश्व कपमा आकर्षक देखियोस् भन्ने पनि हो,’ उनले विकासन्युजसँग भने, ‘यति सहयोग गरेर हौसला बढाउन पाउँदा हामी पनि खुसी छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.