परराष्ट्रमन्त्रीसँगै अमेरिका भ्रमणमा रहेका एमच्यामका अध्यक्षले भेटवार्ता गर्ने

  २०८० कार्तिक १४ गते १६:२०     विकासन्युज

काठमाडौं । अमेरिका भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद सहितको नेपाली टोलीमा अमेरिकी लगानीमा नेपालमा संचालित ब्यवसायहरूको छाता सँस्था ‘अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)’का अध्यक्ष अजित शाह समेत सहभागी भएका छन् ।

शाहले विभिन्न भेटघाट, कार्यक्रम तथा अन्तर्क्रियाहरूमा सहभागी हुने र आफ्नो प्रस्तुति राख्ने कार्यसूची छ । साथै विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबीच छलफल हुने बताइएको छ ।

भ्रमणको अवधिमा अमेरिका(नेपाल बीचको व्यापार, एमच्यामको विश्वव्यापीकरण, एमच्याम नेपाल लगायतबारे वृहत छलफल हुनेछ ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (युएसआईपी) मा वार्ता कार्यक्रम, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया, सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाट, गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तर्क्रियामा अध्यक्ष शाहको सहभागीता रहनेछ ।

आइतबार अमेरिका गएको साउद नेतृत्वको प्रतिनिधिमण्डलमा एमच्यामका अध्यक्ष शाह, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारी लगायतको अमेरिका भ्रमणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.