शिवम् सिमेन्टका निखिल अग्रवाल भारतमा सम्मानित

  २०८० कार्तिक १२ गते १६:३२     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टका भिपी (सेल्स एन्ड मार्केटिङ) निखिल अग्रवाल भारतमा सम्मानित भएका छन् ।

ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनद्वारा आयोजित कार्यक्रममा अग्रवाल श्री महात्मा गान्धी राष्ट्रिय अभिमान पुरस्कार २०२३ बाट सम्मानित भएका हुन् । अग्रवाल शिवम् सिमेन्टमा स्थापना कालदेखि नै कार्यरत छन् ।

ब्रान्डम्यान इन्डिया पीआर एन्ड प्रोमोसनले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आइरहेको छ । ब्रान्डम्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने, विभिन्न उद्योगमा नेतृत्व गर्ने कर्मचारी तथा व्यवस्थापक छनौट गरी पुरस्कार वितरण गर्ने तथा अन्तर्राष्ट्रिय प्रतिनिधिसँग समन्वय गराई व्यापार विस्तारको अवसर प्रदान गर्नेजस्ता कार्य गर्दै आएको छ ।

ब्रान्डम्यानले हरेक वर्ष आयोजना गर्ने अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रका विभिन्न विधामा आफ्नो राष्ट्रिय स्तरका व्यापारिक क्षेत्रमा महत्वपूणर् भूमिका निर्वाह गर्ने कर्मचारी, व्यवस्थापक तथा उद्योगको छनौट गरी यसको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रिय स्तरमा पुर्‍याएको उत्कृष्ट योगदानको आधार छनौट गरी अवार्ड दिने गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.