गाजा क्षेत्र कतै पनि सुरक्षित छैन : संयुक्त राष्ट्रसङ्घ

  २०८० कार्तिक ९ गते १६:०६     विकासन्युज

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसङ्घका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजराइली हवाई हमलाहरु बढिरहेका छन् ।

अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसँग केही विकल्प बाँकी नरहेको राष्ट्रसङ्घले जनाएको छ ।

‘गाजा कतै पनि सुरक्षित छैन’, प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रङ्घका मानवीय संयोजक लिन हेडसनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.