तनहुँको म्याग्देमा दश श्ययाको अस्पताल निर्माण सम्पन्न

  २०८० कार्तिक ४ गते १८:५७     विकासन्युज

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ मनहरीमा म्याग्दे गाउँपालिकाले दश श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ ।

उक्त पालिकाले छ करोड ५० लाखको लागतमा साढे दुईतले भवन निर्माण गरेको हो । अस्पतालमा मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ । पालिकाका अनुसार निकट भविष्यमा अस्पतालबाट सेवा प्रवाह हुनेछ ।

यसैबीच, जिल्लाको म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजार नजिक निर्माण गरिएको उक्त भवनको ८० प्रतिशत बढी निर्माण कार्य सम्पन्न भइसकेको गाउँपालिका कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.