दुई महिनामै ग्लोबल आइएमईले गर्यो पौने २ अर्ब नाफा, मर्जरमा गएका बैंकको सिनर्जी आउँदै

  २०८० कार्तिक १ गते ९:०८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले दुई महिनाको अवधिमा साढे १६ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले साउन र भदौमा १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेका हुन् ।

दुई महिनाको अवधिमा ५ वटा वाणिज्य बैंकले १ अर्बभन्दा बढी नाफा गरेका छन् । ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन र कुमारी बैंकले एक अर्बभन्दा नाफा गरेका छन् ।

भदौसम्म सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको छ । यस्तै, नबिल बैंकले भदौमा १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ ।

यस्तै, बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख रुपैयाँ, कुमारीले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड रुपैयाँ, प्राइम कमर्सियलले ८३ करोड ६५ लाख रुपैयाँ, लक्ष्मी सनराइजले ८१ करोड ४० लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ८० करोड रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, एनएमबि बैंकले ७६ करोड ७० लाख रुपैयाँ, एभरेष्ट बैंकले ७१ करोड २५ लाख रुपैयाँ, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ, प्रभु बैंकले ६६ करोड ४१ लाख रुपैयाँ, कृषि विकास बैंकले ६१ करोड ५६ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

यस्तै, सानिमा बैंकले ५१ करोड २० लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख रुपैयाँ, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले २७ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.