सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

  २०८० कार्तिक १ गते ७:३४     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ३ अर्बको ऋणपत्र असोज ३० गते मंगलबारका दिन बाँडफाँट गरिएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ ।

बैंकले असोज १७ गतेदेखि असोज २२ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।

क्यापिटलका अनुसार ६० प्रतिशत अर्थात् १८ लाख कित्ता ऋणपत्र विभिन्न संघसंस्थालाई ब्यक्तिगत तवरबाट बिक्री गरिएको छ भने ४० प्रतिशत अर्थात् १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बाँडफाँट गरिएको छ ।

हिमालयन क्यापिटल तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.