एभरेष्ट बैंकको २०.५३ प्रतिशत लाभांश पारित

  २०८० असोज ३० गते ११:४७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको प्रस्तावित २०.५३ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न बैंकको २९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०।५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.