मारुती सिमेन्ट्सको लाभांश घोषणा

  २०८० असोज २९ गते ८:२०     विकासन्युज

काठमाडौं । मारुती सिमेन्ट्सले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट अग्राधिकार सेयरधनीहरुलाई १० प्रतिशत करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश प्रस्ताव पारित गर्न २९ औं वार्षिक साधारण आह्वान गरेको छ । कम्पनीको सभा कात्तिक २१ गते विराटनगरमा बिहान साढे ११ बजे सुरु हुने छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यस्तै, सञ्चालकहरुको सञ्चालक भत्ता अनुमोदन गर्नेछ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरूलाई बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीमा हाल कायम १ सय रुपैयाँ बराबरको ३० लाख थान अग्राधिकार सेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवं प्रचलित कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएपश्चात कायम हुने चुक्ता पूँजीका आधारमा संचालक समितिले प्रस्ताव गरे बमोजिम हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.