सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

  २०८० असोज २३ गते १०:०४     विकासन्युज

झापा । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले  बिर्तामोड र इटहरी क्षेत्रमा संयुक्त रूपमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

३०० जनाभन्दा बढी अभिकर्ताको उपस्थिति भएको उक्तकार्यक्रममा कम्पनीले आर्थिक वर्ष २०७९/८० मा विभिन्न विधामा उत्कृष्ट कार्य सम्पादन गरी सम्बन्धित क्षेत्रहरूमा उत्कृष्ट तीनमा पर्न सफल अभिकर्ताहरूलाई तालिम तथा सम्मान प्रधान गरेको हो ।

उच्च व्यवस्थापन समितिको तर्फ बाट डेपुटी सिइओ नीराजन कँडेलको सहभागितामा आयोजना गरिएको कार्यक्रममा चिफ बिजनेस अफिसरहरू गुनराज श्रेष्ठ र सूर्य गुप्ता तथा क्षेत्रीय प्रबन्धक जितेन्द्र छेत्रीलगायत शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

कम्पनीका डेपुटी सिइओ नीराजन कँडेलले कम्पनीले अहिले सम्म गरेका प्रगतिको विवरण,  भविष्यमा अङ्गाल्ने रणनीति र सुशासनको महत्वबारे प्रकाश पारेका थिए ।  साथै कम्पनीका चिफ बिजनेस अफिसरहरूले अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया  र तालिम प्रधान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.