दशैंको लागि २०० सीसीको एड्भेन्चर मोटरसाइकल किन्दा ५० हजार नगद छुट

  २०८० असोज २१ गते १५:२०     विकासन्युज

काठमाडौं । दशैं तिहारको सिजन सुरु भएसँगै बजारमा मोटरसाइकलको बिक्री निकै सुस्त रहेको समयमा कम्पनीहरुले तँछाड मछाड गरेर स्कीम सार्वजनिक गर्दैछन् ।

यसरी कम्पनीहरु बीच ग्राहकलाई दिने फाइदामा तिब्र प्रतिस्पर्धा हुँदा मोटरसाइकल किन्न पर्खेर बसेका धेरैले फाइदा लिन सक्ने देखिएको छ । एसवाईएमको आधिकारीक बिक्रेता केजी इन्टरनेशनलले ग्राहकलाई आफ्नो १८३ सीसी क्षमताको एड्भेन्चर मोटरसाइकलमा नै ५० हजार नगद छुट दिने स्कीम ल्याएको हो ।

भोलि असोज २२ गतेदेखि कम्पनीले ग्राहकलाई स्कीम दिन लागेको कम्पनीको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । उनका अनुसार यो स्कीममा एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ । रेगुलर मूल्याङ्कनमा थप १५ हजार ग्राहकलाई दिनेछ ।

ताइवानी ब्राण्ड एसवाईएमले बिक्री गर्दै आएको एनएचटी २०० मोटरसाइकलमा १८३ सीसी क्षमताको इन्जिन छ । उक्त इन्जिनले अधिकतम १८.३५ पीएस पावर र १५.७ एनएम टर्क प्रदान गर्छ । लामो दुरीमा सहज यात्रा गर्न सक्ने मोटरसाइकलमा ११ लिटर क्षमताको इन्धन ट्याङ्क पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.