अनलाइन अटो शो गर्दै नाडा

  २०८० असोज १८ गते १९:३४     विकासन्युज

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अनलाइन अटो शो गर्ने भएको छ । सो सम्बन्धमा नाडा र हाम्रो बजार डटकमबीच सहकार्य भएको छ ।

असोज १८ गते नाडाको सचिवालय टेकुमा आयोजित एक कार्यक्रममा दुई संस्थाले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त पत्रमा नाडाका तर्फबाट अध्यक्ष डा.ध्रुव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजीका बजार प्रबन्धक सागर केसीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डट कमले काठमाडौको भृकुटीमण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरुबारे नाडाडटहाम्रोबजारडटकमबाट दैनिक रुपमा प्रसारण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.