हुन्डाईले तीन दिने ‘फेस्टिभ कार्निभल’ गर्ने

  २०८० असोज १८ गते ११:०३     विकासन्युज

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भोलि शुक्रवारबाट ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना देशभर रहेका सबै शोरुमहरुमा उक्त कार्निभल आयोजना गर्न लागेको हो ।

कम्पनीले आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर संचालन गरिरहेको हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत नै ‘फेस्टिभ कार्निभल’ आयोजना गर्न लागेको हो । यसलाई दशैं अगाडिको शुभकामना आदान प्रदान गर्ने थलोको रुपमा लिएको कम्पनीले जनाएकाे छ ।

कार्निभलमा हुन्डाईको सबै शोरुमहरुमा फरक(फरक कार्यक्रमहरु आयोजना गरिनेछ । लाइभ फुड स्टल, लाईभ सांगितिक प्रस्तुति, बच्चाहरुको खेल्ने क्षेत्र, गाडी सम्बन्धि आवश्यक विभिन्न टीप्स र ट्रीक, निःशुल्क गाडीको परीक्षण र चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी सम्बन्धि विशेष जानकारी र अन्तर्क्रिया, ईभीको हाई भोल्टेज चेकअप, मोटोर र्याली जस्ता विभिन्न कार्यक्रम संचालन हुनेछन् ।

तीन दिन चल्ने कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुन्डाई टीकटक प्रतिस्पर्धा, एक्सटर ट्रेजर हन्ट, टेष्ट ड्राइभ एण्ड विन र महिला चालकहरुप्रति लक्षित ‘ह्वील अन हिल्स’ कार्यक्रम संचालन हुनेछ छ ।

कार्निभलमा समावेस भएर विजेता बन्ने सहभागीले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा होलपुलकाका वाशिङ मसिन, माइक्रोवेभ ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.