जात्रा अवलोकनकर्ताप्रति आभार व्यक्त गर्दै बालेनले भने : सम्पदा संरक्षणमा नयाँ फड्को मार्यौं

  २०८० असोज ११ गते १८:३६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा मेयर बालेन्द्र शाह बालेनले इन्द्रजात्रा अवलोकन गर्ने सबै अवलोकनकर्ताप्रति आभार व्यक्त गरेका छन् । बिहीबार बसन्तपुरमा भएको इन्द्रजात्रामा पैदल यात्रा गरी जात्रा अवलोकन गर्ने सबैलाई धन्यवादसहितको आभार व्यक्त गरेका हुन् ।

अवलोकनकर्ताले सवारी साधन निषेधित क्षेत्रमा सवारी साधन प्रवेश नगराई पैदलमार्फत नै जात्रा अवलोकन गर्नु काठमाडौंका सम्पदा संरक्षणमा नयाँ फड्को भएको बालेनको भनाई छ ।


सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ ।

सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनुभएकोमा आभारी छौँ । हाम्रो सम्पदा, हाम्रो पहिचान ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.