२२ जना प्रहरी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो यस्तो सूचना

  २०८० असोज १० गते ८:२४     विकासन्युज

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २२ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । बुधबार सूचना प्रकाशित गर्दै सम्पर्कविहीन रहेका ४ प्रहरी सहायक हवलदार र १८ प्रहरी जवानलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको हो ।

आफूखुसी कार्यालयमा गैर हाजिर भएको र खोजतलास गर्दा पनि नभेटिएको भन्दै प्रहरी प्रधान कार्यालयले ७ दिने म्याद दिई सम्पर्कमा आउन भनेको हो । कार्यालयको सम्पर्कमा आउँदा गैर हाजिर हुनुको कारण खुलाइ स्पष्टीकरण पेश गर्न पनि भनिएको छ । अन्यथा सेवाबाट हटाउने कारबाही हुने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

कार्यालयका अनुसार १८ जना साउन महिनादेखि, ३ जना असार महिनादेखि र १ जना भदौ महिनादेखि सम्पर्कविहीन भएका हुन् ।

गैरहाजिर भएका प्रहरी सहायक हबल्दारहरुमा धादिङका अमित श्रेष्ठ, अर्घाखाँचीका कमल श्रेष्ठ, झापाका समिर दाहाल र संखुवासभाका जनम राई रहेका छन् । यसैगरी सम्पर्कमा नरहेका अन्य प्रहरी जवानहरुमा अमर डाँगी, निवास चौधरी, प्रेम कुँवर, पूर्णबहादुर वली, हेमन्त कुमाल, उमेश लामा, सुस्मत खड्का, दिपक राई, केवोङलिङ आङदेम्बे रहेका छन् ।

यस्तै प्रकाश अधिकारी, आशामाया तामाङ, राजकुमार महत, अनिल परियार, जिबहादुर पुन, किशोर थारु, मोहनसिंह विक, सुरेन्द्र बहादुर शाही र सन्तोष सुनारलाई पनि सात दिन भित्र सम्पर्कमा आउन भनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.