आइएनजी स्किल एकेडेमीले नेपालगन्जमा आयोजना गर्‍याे प्रविधि प्रदर्शनी

  २०८० भदौ २६ गते ११:४८     विकासन्युज

काठमाडौं । आइएनजी स्किल एकेडेमीले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा फ्युचरामा नामक प्राविधिक कार्यक्रम आयोजना गरेको छ ।

नयाँ पुस्तालाई भविष्यको प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एकेडेमीले विज्ञप्ति जारी गरेर बताएको छ ।

कार्यक्रममा रोबोटिक्स, हिड्ने पियानो, ड्रोन र गो कार्टमा प्रदर्शनी आयोजना गरिएको थियो । कार्यक्रममा कार रेस, लाइन फलोइङ रोबोट, एनिमेसन र भीएफएक्स जस्ता रोमाञ्चक प्रदर्शनी समावेश भएको एकेडेमीले बताएको छ ।

फ्युचरामाले प्रविधि र दीगो व्यापारलाई पनि सम्बोधन गरेको थियो । कार्यक्रममा सहभागीहरुलाई खेती गर्न प्रोत्साहित गरेर उद्यमशीलता र आइटीलाई एकाकार गर्ने विषय प्रस्तुत गरिएको थियो ।

नेपालगन्जको फ्युचरामाले विभिन्न विद्यालय र कलेजका करीब ४ हजार विद्यार्थीलाई जम्मा गरेर कार्यक्रम आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.