किड्जीले गर्यो जोएफुल पेरेन्टिङका बारेमा प्यानल छलफल

  २०८० भदौ २५ गते १५:१९     विकासन्युज

काठमाडौं । किड्जी, एशियाकै व्यापक प्री स्कुल चेनले शनिबार काठमाडौंको होटल रोयल सिङ्गीमा जोएफुल पेरेन्टिङ इन मोर्डन टाइम्स बिषयमा प्यानल छलफल आयोजना सम्पन्न गरेको छ ।

बालबालिकाको मानसिकता, प्रारम्भिक बाल्यकाल समयको महत्वबारे अभिभावकहरुलाई जागरुक गराउने उदेश्यका साथ यो अभियान सुरु गरिएको हो । कार्यक्रममा विशेष आवश्यकता भएका विद्यार्थीहरुलाई प्रारम्भिक इन्टरभेसनको महत्व को बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रमका मुख्य वक्ताहरु डा. मञ्जु श्रेष्ठ (कन्सल्टेन्ट बाल रोग विशेषज्ञ) शमेद कतिला श्रेष्ठ (बाल फिजियोथेरापिस्टे) श्रमिती कविता अर्याल (औपचारिक विद्यालय प्रिन्सिपल) श्रीमती सुनिता चौहान (सामाजिक अभियन्ता) श्रीमती नेहा अवस्थी (शैक्षिक प्रबन्धक, किड्जी) सबैले अभिभावकत्वलाई कसरी रमाइलो बनाउन सकिन्छ र यसको दीर्घकालीन प्रभावबारे सहभागीहरूलाई जागरुक बनाउन सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

किड्जीले हालसम्म २००० भन्दा बढी केन्द्रहरूको नेटवर्कका साथ १५ लाख विद्यार्थीहरूको पालनपोषण र प्रशिक्षण गरिसकेको छ । अहिलेसम्म एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिईसकेको छ । किड्जी नेपालका ५ ठूला शहरका १४ स्थानमा आफ्नो उपस्थितिका साथ अघी बढिरहेको छ । प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, २० वर्ष भन्दा बढीको विरासतका अनुभवका साथ किड्जी को सिद्धान्तद्वारा निर्देशित, बालबालिकाको लागि सिक्ने र बढ्ने पोषक लिने ठाउँ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.