मुक्तिनाथ कृषि कम्पनीको भिजन २०८५ : पाँच संरचनाको उद्घाटन

  २०८० भदौ १७ गते २०:११     विकासन्युज

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले कृषि सम्बन्धी पाँच वटा संरचनाहरुको उद्घाटन गरेको छ ।

कम्पनीले पाँच वर्षे रणनीतिक योजन ‘भिजन २०८५’ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दीगो सेवा प्रदान गर्ने अभिप्रायले कृषि संरचनाहरु उद्घाटन गरिएको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले जानकारी दिए ।

कम्पनीले इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।

त्यसैगरी, स्याङजा र चितवनमा फार्म उत्कृष्टता केन्द्र उद्घाटन गरिएको उनले बताए ।

कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि ‘कृषकसँग मुक्तिनाथ कल सेन्टर’ र मुक्तिनाथ एपको उद्घाटन गरिएको ढकालले बताए ।

कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालले प्रमुख अतिथि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ विशिष्ट अतिथि रहेको कार्यक्रम आयोजना गरी पाँच वटा संरचनाहरु उद्घाटन गरिएको ढकालले बताए ।

उद्घाटनका लागि काठमाडौंको लाजिम्पाटस्थित होटल र्‍याडिसनमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कृषि तथा पशुपन्छि विकास मन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रको समग्र विकासमा नीजि क्षेत्रको भुमिका महत्वपूर्ण रहेको बताएका थिए । कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सरकारले सिंचाई लगायत कृषि संरचनाहरुको विकासमा जोड दिने र खरीद सुनिश्चितता गर्ने संरचनाको निर्माणमा सबै मिलेर लाग्नुपर्ने भुसालले बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले सोह्रौ पञ्चवर्षीय योजना निर्माणको अन्तिम चरणमा रहेको र त्यसमा सार्वजनिक नीजि सहकारीको साझेदारीको अवधारणालाई समेट्न लागिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.