एनटिभिए नेतृत्वका  लागि प्रकाश सापकोटा समुहद्वारा उम्मेदवारी दर्ता

  २०८० भदौ १७ गते १८:०३     विकासन्युज

काठमाडौं । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) को २० औँ वार्षिक साधारणसभामा प्रकाश सापकोटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन ।आगामी मंगलबार हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाको सबै समुहले उम्मेदवारी दर्ता गरेको हो ।

अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटा माउण्टेन बुद्ध टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिका प्रबन्ध निर्देशक हुन ।

सापकोटाको समुहबाट बरिष्ठ उपाध्यक्षमा भरत प्रसाद तिमल्सिना, उपाध्यक्षमा अञ्जन महर्जन, महासचिवमा अनिल मोक्तान, सचिवमा प्रमोदप्रसाद अर्याल, कोषाध्यक्षमा रामकुमार बस्नेतले उम्मेदवारी दर्ता गराएका छन ।

यसैगरी, सदस्यहरूमा बाजिराम घिमिरे, इन्द्रबहादुर पाठक, सुदिन महत लगायतको उम्मेदवारी दर्ता भएको छ । संघको साधारण सभा भने आगामी २२ भदौमा हुनेछ ।

अध्यक्षका प्रत्यासी उम्मेदवार सापकोटाले आफ्नो समुहमा संघका पूर्वअध्यक्षहरुको समर्थन र साथ रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.