२०८० भदौ १७ गते १६:३८ विकासन्युज
काठमाडौं । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ ।
राउण्ड टेबल नेपाल १८ देखि ४० वर्षसम्मका पुरुष युवाहरुको संस्था हो, जसको मुख्य उदेश्य एडप्ट, एडप, इम्प्रुभ हो । यस संघले आफ्नो उदेश्य पुरा गर्नका लागि पहिले समाजमा रहेका समस्याहरुको पहिचान गरी एडप्ट गर्दछ, एडप्ट गरेका कार्यहरुलाई स्थानिय विविधतालाई आत्मसाथ गर्दै एडप गर्दछ र त्यसलाई निरन्तररुपमा इम्प्रुभ गर्न प्रयासरत रहन्छ ।
यसका साथै आफ्ना सदस्यहरुलाई विभिन्न तालिम तथा गोष्ठीहरुको आयोजना गरी सदस्यहरुको सिप विकासका साथै सदस्यहरुवीचको सम्बन्ध अझ सुर्दिढ गर्ने योजना रहेको जानकारी गराएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.