हेल्लो सरकार अब २४ सै घण्टा, बन्यो र्‍यापिड रेस्पोन्स टीम

  २०८० भदौ १७ गते १४:०४     विकासन्युज

काठमाडौं । हेल्लो सरकार अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।

हेलो सरकारको सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।

आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रमबाट प्रधानमन्त्रीले हेलो सरकार सिफ्ट विस्तारको सुरुवात गरेका हुन् ।

तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले १२ वर्षअघि हेलो सरकार सुरु गरेका हुन् कार्यक्रममा प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा अबदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ ।

गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, पोर्टल, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिने छ ।

हेलो सरकारमा आएका गुनासोहरूको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था गरिएको छ ।

गुनासोहरू सम्बोधनका निम्ति ¥यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.