इलेक्ट्रिक स्कूटरमा एक्स्पो अफर, कुन ब्राण्डको स्कूटर कतिमा पाइन्छ ?

  २०८० भदौ १५ गते १६:२६     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा सुरु भएको इभी प्रदर्शनीमा राखिएको इलेक्ट्रिक स्कूटरमा प्रशस्त छुटको अफर दिइएको छ ।

नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम एप्लाइन्सेस तथा नेपाल ईभी प्रदर्शनी भृकुटी मण्डपमा चलिरहेको छ ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कूटर र मोटरसाइकल प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीका अवसर पारेर इलेक्ट्रिक स्कूटरहरुका विभिन्न छुट र अफरहरु राखिएका छन् ।

एमभी दुगड ग्रुपको ईभीमा २० हजारसम्म छुट

एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स कम्पनीले जेस्टिस् ब्राण्डको स्कूटरको खरिदमा २० हजार रुपैयाँ छुट दिइएको विवेक अटोमोबाइल्स कम्पनीका सहायक मार्केटिङ अफिसर सौगत न्यौपानेले बताए ।

एक्स्पो अवधिभर स्कूटर खरिदमा यस्तो अफर रहने छ । बजारमा जेस्टिस् स्कुटर सिङगल र डबल ब्याट्रीमा उपलब्ध छन् ।

कम्पनीले सिङगल ब्याट्री जडान भएको ईभी स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ निर्धारण गरेका छ भने डबल ब्याट्री भएको ईभी स्कुटरलाई ४ लाख १० हजार रुपैयाँ पर्ने न्यौपानेले बताए ।

कम्पनीले केही समय अगाडि मात्रै राय–जी नामक इलेक्ट्रिक स्कूटर नेपाली बजारमा ल्याएको छ । यसमा पनि एउटा र दुई वटा ब्याट्री जडान गर्न मिल्ने स्कूटर छन् । एउटा ब्याट्री जडान भएको स्कुटरको मूल्य ३ लाख २० हजार रुपैयाँ र दुई वटा ब्याट्रीको भएको राय–जी स्कूटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको न्यौपानले बताए ।

पिनाकल स्कुटरमा पनि नगद छुट

पिनाकल मोटरराड कम्पनीले पनि इलेक्टिक स्कूटरको खरिदमा नगद छुटको अफर ल्याएको छ । कम्पनीका अनुसार, यो ब्राण्डको स्कूटर नेपाली बजारमा चारवटा मोडलमा उपलब्ध छन् । कम्पनीले ई ३ वान ब्याट्री मोडलको स्कुटरको मूल्य दुई लाख ४९ हजार, ई ३ टू ब्याट्री मोडलको स्कुटरको मूल्य ३ लाख ३४ हजार,  ई ४ वान ब्याट्री भएको मोडललाई ३ लाख १४ हजार र ई ४ ब्रिङ मोडलको मूल्य ३ लाख ९ हजार रुपैयाँ तोकेको छ ।

यी सबै मोडलको स्कूटर खरिद गर्दा १० देखि २० हजार रुपैयाँसम्म छुट पाइने कम्पनीले बताएको छ । कम्पनीले बीमा तथा बैंक फाइनान्सको पनि सुविधा उपलब्ध गराएको बताएको छ ।

रिसिङको एनिग्मा स्कुटरमा पनि छुट

रिसिङ ट्रडिङ कम्पनीले इलेक्ट्रिक स्कूटरमा २० देखि ३० हजार रुपैयाँसम्मको छुटको अफर सार्वजनिक गरेको छ । कम्पनीले एनिग्मा नामक विभिन्न मोडलका स्कूटर विक्री गरिरहेको छ । यस्तो अफर एक्स्पो अवधिभर मात्रै लागू हुने बताइएको छ ।

कम्पनीले क्रिन्क–प्रो मोडलको स्कूटर ३ लाख २० हजार रुपैयाँमा नेपालमा बेच्दै आएको छ । यसमा ३० हजार रुपैयाँसम्म छुट दिने कम्पनीले बताएको छ ।

यस्तै, क्रिन्क भी १ मोडलको ईभी स्कुटरमा खरिदमा पनि ३० हजार छुटको अफर रहेको कम्पनीले बताएको छ । उक्त स्कूटरको मूल्य २ लाख ८५ हजार तोकिएको भए पनि एक्स्पो अफरमा २ लाख ५५ हजार रूपैयाँमै उपलब्ध गराउने कम्पनीले बताएको छ ।

यसैगरी, एन ८ मोडलको स्कुटर २ लाख ४५ हजारमा दिइने कम्पनीले बताइएको छ । यो मूल्य छुट पछिको हो । एक्स्पो अवधिभरको खरिदमा जीटी ४५० प्रो मोडलको स्कुटर २ लाख २५ हजार रूपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.