प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : मन्त्री किराती

  २०८० भदौ १४ गते १५:१७     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् ।

राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भने पुष्पकमल दाहालले नै गर्नुपर्ने मन्त्री किरातीले बताए ।

‘हाम्रो सबैभन्दा ठूलो शत्रु भनेकै भ्रष्टाचार, अशिक्षा र गरिबी हो । एक्कासौं शताब्दीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन’, उनले भने ।

राष्ट्रिय सहमतिको सरकार बनाउँदा अरुलाई भूमिका दिने क्रममा मन्त्री पद त्याग्नु पर्दा आफूले सबैभन्दा पहिले त्याग गर्ने उनले बताए ।

पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै उनले नयाँ ऐन, कानूनहरु निर्माणमा लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.