बचतकर्ताको अर्बौं रकम ठग्ने केदार शर्मा जेल चलान

  २०८० भदौ १४ गते ११:०३     सन्तोष रोकाया

काठमाडौं । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको बचत ठग्ने केदार शर्मा जेल चलान भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । शर्माकी श्रीमती गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल यसअघि नै जेल चलान भइसकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । शर्मा सँगै पक्राउ परेका अन्य तीनजनालाई धरौटीमा छाड्ने आदेश भएको सिआईबीले जनाएको छ । सिआईबीका अनुसार १९ जनालाई प्रतिवादी बनाइएकोमा १२ जना फरार छन् ।

सहकारीका १ हजार १४५ बचतकर्ताको ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो । सहकारीका सञ्चालकले २१ हजार ३६९ जना बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख ६२ हजार ३०० रुपैयाँ मध्ये ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ बचत फिर्ता नगरी हिनामिना गरेको भनी जाहेरी प्राप्त भएको भन्दै ७८ करोड १९ लाख ६३ हजार २१४ रुपैयाँ माग दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.