कागज व्यवसायी संघको २२औं साधारणसभा सम्पन्न

  २०८० भदौ १३ गते १७:२५     विकासन्युज

काठमाडौं । कागज व्यवसायी संघ नेपालको २२औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । संघका अध्यक्ष मनोहरदास मूलको सभापतित्वमा सम्पन्न साधारणसभाले कार्यसमितिको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ ।

उक्त साधारणसभामा वर्तमान आर्थिक परिदृश्यको समीक्षाका साथै कागज व्यवसायका चुनौतीमाथि व्यापक छलफल भएको थियो । साधारणसभाले उधारो असुली ऐनको अभावमा व्यवसायीले अनेकौं झमेलाको सामना गर्नुपरेको निष्कर्ष निकाल्दै उक्त ऐन यथाशीघ्र जारी गर्न सरकारको ध्यानाकर्षण गराउने, आयकर, मूल्य अभिवृद्धिकर, भन्सार मूल्यांकन र क्षेत्रमा विद्यमान अप्ठ्यारा हटाउन पहल गर्नेलगायत प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ ।

पछिल्लो समय आर्थिक गतिविधि सुस्ताएको र व्यवसायीको मनोबल गिर्दै गएको विषयमा पनि सरकारलाई गम्भीर भएर सोच्न र तदनुरुप कार्ययोजना ल्याउन आग्रह गर्ने निर्णय साधारण सभाले गरेको छ ।

उक्त सभाले मनोहरदास मूलको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष राजेन्द्र काबरा, महासचिव दिनेश चोखानी र कोषाध्यक्ष कमल तोदी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.