बेष्ट फाइनान्सले पराम्परागत बाजा संरक्षण गर्न ५ लाख सहयोग गर्यो

  २०८० भदौ ८ गते १६:३७     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्सले पराम्परागत बाजा मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

बेष्ट फाइनान्स कम्पनी कमलादी, काठमाण्डौंले शुक्रबार उपत्यकाको कला संस्कृति संरक्षण गने उद्धेश्यले पराम्परागत बाजा (धिमे बाजा) मर्मत गर्नको लागि आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम सम्पन्न गर्याे ।

काठमाडौं उपत्यकामा संचालन हुने विभिन्न परम्परागत जात्रा पर्वको कारण सांस्कृतिक नगरीको रुपमा चिनीन्छ । यस प्रकारका सांस्कृतिक पर्वहरुमा यहाँका विशेष गरी नेवारी समूदायका गुठी, खल र व्यक्तिहरुले विभिन्न प्रकारका वाजागाजा बजाउने कार्यले यहाँको सस्कृति जगेर्ना गर्न ठुलो योगदान रहेको छ ।

यसरी परम्परागात जात्राहरुमा बजाउने विभिन्न प्रकारका वाजागाजा बिभिन्न समूदायको गुठी, खल लगायतले संचालन गर्दै आएको र नयाँ पुस्तालाई समेत प्रशिक्षण दिई हस्तानन्तरणका कार्य गर्दै आईरहेकोमा ती बाजाहरु वर्षेनी मर्मत र नयाँ वाजा खरिद गर्न आर्थिक समस्या रहेको कुरालाई मध्यनजर गरेकाे  छ ।

कम्पनीले आफनो सामाजिक उत्तर दायित्व अन्तरगत काठमाडौं उपत्यका भित्रको तपसिल बमोजिमको गुठी, खलहरुलाई वाजाहरु मर्मतरखरिद गर्न आर्थिक सहयोगका कारण देशको सांस्कृतिक पर्वको जर्गेना हुने र जात्रापर्व तथा वाजागाजा लोप हुनबाट जोगाउने विश्वासका साथ प्रत्येक पुच, खल तथा गुठीहरुलाई ५० हजार रुपैयाँका दरले १० वटा खल गुठीलाई जम्मा ५ लाख रुपैयाँ आर्थिक सहयोगको कार्यक्रम सम्पन्न गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.