पूर्वाञ्चल विश्वविद्यालयमा इन्जिनियरिङ पढ्न अनलाइनमार्फत् आवेदन गर्न सकिने

  २०८० भदौ ३ गते १०:२७     विकासन्युज

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायको स्नातक तहमा पढ्न प्रवेश परीक्षाका लागि अनलाइनमार्फत् आवेदन गर्न सकिने भएको छ । विश्वविद्यालयले एक सूचना जारी गर्दै इन्जिनियररिङ पढ्न इच्छुक विद्यार्थीहरुले अनलाइनमार्फत् आवश्यक प्रकृया पुरा गरी आवेदन गर्न सक्ने जनाएको छ ।

विश्वविद्यालयले बिई अन्तर्गत सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक्स कम्युनिकेसन एन्ड अटोमेसन, इलेक्ट्रिकल जिओमेटिक, बायोमेडिकल लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । विश्वविद्यालयले तोकेको शैक्षिक योग्यता ल्याएका विद्यार्थीहरुले आफूले चाहेको विषय छनौट गरी अनलाईनबाट नै आवदेन गर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

आवेदन गर्दा विद्यार्थीहरुले शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो अपलोड गरेर अनलाइनमार्फत् आवदेन शुल्क बुझाउनुपर्ने हुन्छ । आवेदन शुल्क दुई हजार रुपैयाँ लाग्ने र बिलम्ब भएमा तीन हजार रुपैयाँ लाग्ने छ । प्रवेश परीक्षा आगामी असोजको १३ गते हुने विश्वविद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.