महिन्द्राद्वारा नयाँ इलेक्ट्रिक थार-ई माेडेल सार्वजनिक, २०२५ सम्म बजारमा आउने

  २०८० साउन ३१ गते १०:२१     विकासन्युज

काठमाडौं । सवारी साधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले ग्लोबल इभेन्ट ‘फ्युचरस्केप’मा इलेक्ट्रिक थारको कन्सेप्ट मोडेल सार्वजनिक गरेको छ । यो ५–डोर इलेक्ट्रिक एसयुभी कम्पनीको बोर्न इलेक्ट्रिक रेन्जको हिस्सा हुने र जसको नाम थार डट इ हुने कम्पनीले जनाएको छ ।

दक्षिण अफ्रिकाको केपटाउनमा भएको कार्यक्रममा महिन्द्राले स्कार्पियो एन एसयुभीमा आधारित ‘ग्लोबल पिकअप ट्रक’ र ‘ओजेए’ नामको नयाँ प्लेटफर्म प्रस्तुत गरेको थियो । महिन्द्रा राइजले कम्पनीको लाइनअपमा रहेका हल्का तौलका ट्रयाक्टरको लागि यसलाई विकास गरेको जनाएको छ ।

महिन्द्राले सार्वजनिक गरेको नयाँ इलेक्ट्रिक थार अहिलेको आइसिई थारको नयाँ भर्सन नहुने र यो कम्पनीको नयाँ आइएनजिएलओ–पी१ प्लेटफर्ममा आधारित हुनेछ । जसको ग्राउन्ड क्लियरेन्स धेरै हुने र अफरोडको अनुभव गराउने कम्पनीले जनाएको छ । साथै गाडीमा थारको नयाँ लोगो हुनेछ ।

महिन्द्रा थारले हालको आईसिई मोडेलको तुलनामा फ्युचरिस्टिक डिजाइन तयार गरेको छ । जसमा बाहिरी र भित्री दुवै डिजाइन नयाँ प्रकारको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.