मेडिकल काउन्सिलको गल्तिले पक्राउ परेका थिए डाक्टर यादव

  २०८० साउन २९ गते १२:२१     विकासन्युज

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई नेपाल मेडिकल काउन्सिलले गलत कागजात उपलब्ध गराउँदाको परिणामस्वरुप डाक्टर रंजितकुमार यादव पक्राउ परेको खुलेको छ । नेपाल मेडिकल काउन्सिलले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोलाई उपलब्ध गराएको कागजात फरक पर्दा डाक्टर यादब पक्राउ परेका हुन् ।

नेपाल प्रहरी सिआइबी ब्यूरोले साउन २५ गते महोत्तरी, पिपरा ८ स्थायी ठेगाना भएका विश्वनाथ यादवका छोरा डाक्टर रंजितकुमार यादवलाई पक्राउ गरेको थियो । २६ गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गरी डाक्टर यादबलाई हिरासतमा राखेर थप प्रमाणको लागि नेपाल मेडिकल काउन्सिलमा पत्र काट्यो । मेडिकल काउन्सिलले सिआइबीलाई पक्राउ परेका डाक्टर रंजितकुमार देवेन्द्र यादवको छोरा नभएको भनेर जवाफ पठायो ।

नेपाल मेडिकल काउन्सिलले सिआइबीको मागअनुसार देवेन्द्र यादवका छोरा रंजितकुमार यादवको थप कागजपत्र माग गर्ने क्रममा विश्वनाथ यादवको छोरा डाक्टर रंजितकुमार यादवको कागजपत्र उपलपब्ध गराएकाले उनी पक्राउ परेका हुन् । काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले काउन्सिलमा दर्ता भएका चिकित्सक रंजितकुमार यादनव विश्वनाथ यादवको छोराको दर्ता प्रमाणपत्र र आवेदन फारम भूलवस संलग्न हुन गएको अभिलेखबाट देखिएको सिआइबीलाई लेखेको पत्रमा उल्लेख गरेका छन् ।

२८ गते काउन्सिलको पत्रपछि डाक्टर यादव हिरासत मुक्त भएका छन् । तर, नेपाल मेडिकल काउन्सिलले भने २०७५ फागुनमा नै १६०३ जना चिकित्सकहरुको विवरण सिआइबीलाई बुझाएको थियो । सिआइबीले भने काउन्सिलले बुझाएको विवरणका आधारमा सबै डाक्टरहरुको अनुसन्धान गरेको देखिँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.