रिद्धि सिद्धि सिमेन्टले सम्पन्न गर्‍याे छात्रवृत्ति कार्यक्रम

  २०८० साउन २८ गते १३:१४     विकासन्युज

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले मकवानपूर ‘स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम सम्पन्न गरेकाे छ ।

रिद्धि  सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि आयोजना गरेको मकवानपूर ‘स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम शनिबार सम्पन्न गरेकाे हाे ।

यस छात्रवृत्ति कार्यक्रममा कुल १०९ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट सिमेन्ट रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आयोजना गरिएको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जिपिए ल्याएकी डौफिन राइका मगरलाइ सम्मान स्वरूप नगद १० हजार १ रूपैयाँ प्रदान गरिएको थियो ।

साथै, यस कार्यक्रममा सुरक्षा प्रदान गरिदिने जिल्ला प्रहरी कार्यालय मकवानपुर,शैक्षिक विज्ञं तथा अनुगमन निकाए अन्तर्गत जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ को समन्यवयमा स्थान उपलब्ध गराई दिने पिप्ले युवा क्लव तथा सन्चो हस्पिटलबाट मेडिकल सहयोग गरिदिने सम्पूर्ण संस्थाहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै विद्यार्थी, अभिभावक, विद्यालयका प्रधान अध्यापक, शिक्षकको सहभागिता भएको थियो ।

यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार, दोश्रो हुनेलाई  ३५ सय , तेश्रो हुनेलाई  २५ सय साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय  एक वर्षसम्म उपलब्ध गराउनेछ ।

कम्पनीका अनुसार एसईई परीक्षामा उपलब्ध अङ्क, दौड प्रतियोगिता साथै क्ष्त्त परीक्षामा सोधिएका सम्पूर्ण अंकहरु जोडी उत्कृष्ठ ११ स्मार्ट विद्यार्थीहरु चुनिनेछन् । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा भाद्र १ गते सुक्रबार कम्पनीको आधिकारिक वेवसाईट र फेसबुक पेजमा प्रकाशित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.