नेपाल लाइफको नाफा साढे ६७ करोड, जगेडा कोषमा १२५ प्रतिशत छलाङ

  २०८० साउन २८ गते ९:३६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्ष २०७९÷८० को चौथो त्रैमाससम्म खुद नाफा ६७ करोड ४४ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३.८३ प्रतिशत बढेर ३६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.९४ प्रतिशत बढेर १५ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो ।

गत असारसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८ अर्ब ९४ करोड रुपैयाँ गरेको थियो । साथै, पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ करोड १८ लाख रुपैयाँ गरेको थियो ।

अघिल्लो वर्ष २ खर्ब १८ करोड रुपैयाँ यवस्थापन खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब २६ करोड रुपैयाँ गरेको छ । कम्पनीको कुल कायम बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोषको आकार १ खर्ब ३६ अर्ब रुपैयाँ थियो । यस्तै, कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष १२५.३१ प्रतिशत बढेर ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.