स्वास्थ्य टिप्स : चियाले शरीरको आइरन शोषण गर्छ, निद्रा र पाचन प्रकृयामा गम्भीर असर पुर्याउँछ

  २०८० साउन २७ गते १३:११     विकासन्युज

काठमाडौं । चिया संसारभरी धेरैले मन पराउने मध्ये एउटा पेय पदार्थ हो । चियाले मानिसको स्वास्थ्यलाई फाइदा पुर्याउँछ वा नोक्सान गर्छ भन्ने विषयमा लामो समयदेखि अनुसन्धान हुँदै आएको छ । केही अध्ययनले सिमित मात्रामा चिया पिउनु शरीरको लागि राम्रो हुने पनि बताएको पाइन्छ । तर, यसको अधिक प्रयोगले स्वास्थ्यमा धेरै प्रकारका समस्या निम्त्याउन सक्छ ।

यदि तपाईंले दैनिक अधिक मात्रामा चिया पिउनुहुन्छ भने यसले तपाईंमा चिन्ता, निद्राको समस्या र टाउको दुख्ने समस्या निम्त्याउन सक्छ । अनुसन्धानअनुसार चियामा पाइने यौगिकले विभिन्न प्रकारका पोषक तत्वहरुको अवशोषण प्रकृयालाई प्रभावित गर्छ । जसमध्ये आइरन प्रमुख रहेको छ ।

चियाले शरीरमा पुर्याउने हानीको विषयमा जुन चर्चा भएको छ त्यसमा आइरनमाथि हुने प्रभाव मुख्य हो । सोधकर्ताहरुको अध्ययनमा चिया टेनिन नामको यौगिकको प्रमुख स्रोत रहेको पाइएको छ । टेनिन केही खाद्यपदार्थमा आइरनको साथ मिल्ने काम गर्छ, जसले तपाईंको पाचनतन्त्रमार्फत आइरनलाई लिने कामलाई प्रभावित गर्न जान्छ ।
शरिरमा आइरनको मात्रा कम हुन गयो भने एनिमिया हुन सक्छ । जसको कारण थकान, कमजोरी लगायत धेरै प्रकारका समस्याहरु देखिने गर्छन् । जसलाई पहिल्यैदेखि नै आइरनको कमि भएको उसले चिया पिउने कामलाई कम गर्नुपर्छ ।

चियामा प्राकृतिक रुपमा नै क्याफिन पाइने भएकाले यसले अधिक सेवनले मानिसको निद्रामा समस्या पैदा गर्छ । सोधअनुसार क्याफिनले मेलाटोनिन उत्पादनलाई रोक्न सक्छ, जसको परिणाम स्वरुप निद्रामा समस्या पैदा हुन्छ । मेलाटोनिन एक प्रकारको हर्मोन हो जसले दिमाखलाई सुत्ने समयको संकेत गर्ने गर्छ ।

चियामा पाइने क्याफिनको कारणले मुटु पोल्ने समस्या पनि पैदा हुन सक्द्ध । सोधले पत्ता लगाएको छ की क्याफिनको कारणले पेटमा अम्लियपना उत्पादनको मात्रा बढ्न जान्छ र मुटु पोल्ने समस्या देखिन सक्छ । मुटु पोल्ने र पेटको समस्या भएका व्यक्तिले चिया पिउँदा समस्या थप बढ्ने अनुसन्धानकर्ताहरुले बताएका छन् ।

गर्भाअवस्थामा शरीरमा क्याफिनको मात्रा बढी भयो भने त्यसले धेरै प्रकारका समस्या निम्त्याउन सक्छ । जसले गर्भपतन देखि शिशुको तौल कम हुनसक्ने सम्मका समस्या आउनसक्ने अनुसन्धानकर्ताहरुले औंल्याएका छन् । एजेन्सीको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.