गार्डियन माइक्रो लाइफको नाफा २५ लाख ३५ हजार रुपैयाँ, यस्ता छन् अन्य सूचक

  २०८० साउन २६ गते ८:३२     विकासन्युज

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण सार्वजनिक गरेको छ । माइक्रो इन्स्योरेन्सले २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

इन्स्योरेन्सका अनुसार गत असारसम्म इन्स्योरेन्सले ९१ हजार रुपैयाँ खुल बीमा शुल्क आर्जन गरेको छ । यस्तै, कम्पनीले गत असारसम्म १२७ बीमा लेख जारी गरेको छ । कम्पनीले हालसम्म १ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष २२ लाख ८१ हजार रुपैयाँ र महाविपत्ति कोष २ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत असार २२ गतेदेखि जीवन लघुबीमा व्यवसाय शुरु गरेको हो ।

कम्पनीको मूख्य कार्यालय कोशी प्रदेश अर्थात मोरङको विराटनगरमा रहेको छ । कम्पनीको अध्यक्षमा उदिप श्रेष्ठ, सीईओमा चिरायु भण्डारी र नायव प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डे छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.